प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने « Khabarhub

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेका थिए ।

यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, प्रतिनिधिसभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गुरुङ २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट ताप्लेजुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभा सदस्यमा समानुपातिक सांसद दिए । गुरुङको २०८१ साल वैशाख २५ गते निधन भएको थियो ।

यस्तै, शाह २०४८ सालमा कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके–१ बाट निर्वाचित भएका थिए । उनको २०८१ साल वैशाख २५ गते निधन भएको थियो ।

यसैगरी, रेग्मी २०५८ सालमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । उनको २०८१ साल जेठ १ गते निधन भएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ३९ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,