टी-२० विश्वकप : अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती « Khabarhub

टी-२० विश्वकप : अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती

ओपनरको ऐतिहासिक साझेदारी


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका छन्। युवान्डाविरुद्ध सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन्।

रहमान ४५ बलमा चार चौका र चार छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा अर्का ओपनर इब्राहिम ४६ बलमा ९ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदै आउट भए। ओपनिङ आकर्षक गरेको अफगानिस्तानको मध्यक्रमका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्।

मोहम्मद नाबीले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। पुरै २० ओभर खेल्दै अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको हो।

टस जितेर सुरुमा फिल्ड रोजेको युगान्डाका लागि कशमस कियुटा र ब्रायन मसाबाले दुईदुई विकेट हात पारे भने अल्पेश रामजानीले एक विकेट लिए। अहिले युगान्डाले जवाफी ब्याटिङ गर्दैछ।

टसपछि युगान्डाका कप्तान ब्रायन मसावाद र अफगानिस्तानका कप्तान राशिद खान । तस्बिरः क्रिकइन्फो

समूह ‘सी’मा रहेका अफगानिस्तान र युगान्डाले पहिलो प्रतिस्पर्धा प्रोभिडेन्स स्टेडियममा गरेका हुन्। युगान्डाले टस जितेर सुरुमा फिल्ड रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।

यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। पपुवा न्युगिनी ९पिएनजी०लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो।

यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : १० बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली