टी-२० विश्वकप : अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती « Khabarhub

टी-२० विश्वकप : अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको चुनौती

ओपनरको ऐतिहासिक साझेदारी


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका छन्। युवान्डाविरुद्ध सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन्।

रहमान ४५ बलमा चार चौका र चार छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा अर्का ओपनर इब्राहिम ४६ बलमा ९ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदै आउट भए। ओपनिङ आकर्षक गरेको अफगानिस्तानको मध्यक्रमका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्।

मोहम्मद नाबीले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। पुरै २० ओभर खेल्दै अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३ रन बनाएको हो।

टस जितेर सुरुमा फिल्ड रोजेको युगान्डाका लागि कशमस कियुटा र ब्रायन मसाबाले दुईदुई विकेट हात पारे भने अल्पेश रामजानीले एक विकेट लिए। अहिले युगान्डाले जवाफी ब्याटिङ गर्दैछ।

टसपछि युगान्डाका कप्तान ब्रायन मसावाद र अफगानिस्तानका कप्तान राशिद खान । तस्बिरः क्रिकइन्फो

समूह ‘सी’मा रहेका अफगानिस्तान र युगान्डाले पहिलो प्रतिस्पर्धा प्रोभिडेन्स स्टेडियममा गरेका हुन्। युगान्डाले टस जितेर सुरुमा फिल्ड रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।

यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ। पपुवा न्युगिनी ९पिएनजी०लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो।

यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : १० बजे

चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु

युन्नान- चीनको दक्षिण–पूर्वस्थित युन्नान राज्यमा मर्मतमा खटिएका कामदारलाई रेलले ठक्कर

कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामाथि प्रश्न

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टीभित्र देखिएको अनिश्चितता

ओलीको भाषण प्रसारण गर्ने अनलाइनलाई स्पष्टीकरण, काउन्सिलकै सदस्यले भने : झ्यालबाट निर्णय छिराउनु गलत

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भाषण प्रसारण

लगातार चौथो जित निकाल्न लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

लुम्बिनीका तीन खेलाडी एकै ओभरमा आउट 

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा