अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु’ हुँदै « Khabarhub

अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु’ हुँदै


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ ।

सखुवासभाको मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्री पुष्ष कमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रुको स्विच थिच्दै जलविद्युत् आयोजनाको सुरुङ छिचोल्ने कार्यक्रम रहेको छ । ११ किमि लामो सुरुङको ब्रेक थ्रु हुन लागेको हो ।

चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ । यहिनेर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ ।

विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् ।

निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख गरिएको छ ।

परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले सेयर पाउने परियोजना विकास सम्झौता (पीडीए) मा व्यवस्था गरिएको छ । परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने पीडीएमा उल्लेख गरिएको छ ।

पीडीए अनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपियाँ स्थानीयलाई सेयर दिइने छ । परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । चार सय केभी क्षमताको प्रसारण लाइन बन्ने छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १० : ३२ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय