भारतीय लोकसभा मतगणना : कलाकारहरु को अगाडि ? « Khabarhub

भारतीय लोकसभा मतगणना : कलाकारहरु को अगाडि ?


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । यस पटकको निर्वाचनमा भारतीय सिनेमा क्षेत्रमा पनि चर्चा छ ।

बलिउडका कैयौँ नाम चलेका कलाकारहरु यस पटक निर्वाचनको मैदानमा उत्रिएका छन् । कंगना रनौत, अरुण गोविल ‘भीआईपी’ क्षेत्रबाट निर्वाचन लडेका छन् । कंगना मन्डीबाट र अरुण मेरठबाट उम्मेदवार छन् ।

बलिउड अभिनेत्री हेमा मालिनी मथुराबाट, शत्रुघ्न सिन्हा आसनसोलबाट, मनोज तिवारी उत्तर पूर्वी दिल्लीबाट, रवि किशन गोरखपुरबाट, दिनेशलाल यादव ‘निरहुआ’ आजमगढ क्षेत्रबाट निर्वाचनमा उठेका छन् ।

यस्तै, पवन सिंह काराकाटबाट र मलयालम स्टार सुरेश गोपी केरलको त्रिस्सुर निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । यी सबै स्टार कलाकारको भाग्यको फैसला केही समयमै लाग्ने देखिन्छ ।

राज बब्बर गुडगांवमा अगाडि
कांग्रेसका राज बब्बर गुडगांव क्षेत्रमा लिड गरिरहेका छन् । उनी ४३ हजार १८१ मतले निकटतम् प्रतिष्पर्धीभन्दा अगाडि छन् । राजको प्रतिष्पर्धा भारतीय जनता पार्टी (भाजपा) का राव इन्द्रजीत सिंहसँग छ ।

निरहुआ–पवन सिंह पछाडि
भोजपुरी स्टार पवन सिंह र दिनेशलाल यादव ‘निरहुआ’ मतगणनाको सुरुवाती रुझानमा पछाडि देखिएका छन् । काराकाट निर्वाचन क्षेत्रबाट चुनाव लडेका पवन सिंह ३ हजार २८० र उत्तर प्रदेशको आजमगढ क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा रहेका निरहुआ ६ हजार २९४ मतले पछाडि छन् ।

मन्डीमा विजयतर्फ बढ्दै कंगना
मन्डी निर्वाचन क्षेत्रमा अभिनेत्री कंगना रनौत विजयी हुने सुरुवाती नतिजाको रुझानले देखाएको छ । सत्तारुढ भाजपाबाट चुनावी प्रतिष्पर्धामा उत्रिएकी अभिनेत्री कंगना २० हजार मतले अगाडि छिन् ।

अभिनेता अरुण गोविल मेरठमा झण्डै १० हजार मतले अग्रस्थानमा छन् । अभिनेत्री हेमा मालिनी मथुरा क्षेत्रमा ३४ हजार ७४८ मतले अगाडि छिन् ।

भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ सदस्यको चुनावका लागि अप्रिल १९ देखि जुन १ सम्म मतदान भएको थियो ।

केन्द्रमा सरकार बनाउनका लागि भारतीय जनता पार्टी (भाजना) को नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसिव अलाइन्स (आईएनडीआईए) गठबन्धनबीच मुख्य प्रतिष्पर्धा छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ११ : ५३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको