वाराणसीमा कडा प्रतिस्पर्धा, सुरुवाती रूझानमा पछि परेका मोदीले अग्रता बनाए « Khabarhub

वाराणसीमा कडा प्रतिस्पर्धा, सुरुवाती रूझानमा पछि परेका मोदीले अग्रता बनाए


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुरुवाती रुझानमा पछि परेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी सिटमा फेरि अगाडि आएका छन् ।

दुई घण्टासम्म पछि परेका उनी अब अग्रता बनाउन सफल भएका हुन् ।

अहिलेको अवस्थामा मोदी बनारसमा ४९ हजार भोटले अगाडि निस्किएका हुन् ।

बिहान साढे १० बजेसम्म उनी कांग्रेसका अजय रायभन्दा पछि थिए । मोदी कुल ८५ हजार १५२ मतसहित अगाडि थिए । जहाँ अजय रायले ६३ हजार ५२३ मत ल्याएका थिए ।

त्यसअघि बिहान ९ बजेर ४० मिनेटसम्म कांग्रेस प्रदेश अध्‍यक्ष अजय राय यस सिटमा अगाडि थिए । यहाँ रायले अहिले पनि मोदीलाई कडा टक्कर दिइरहेका छन् ।

वाराणसी सिटमा मोदी र रायसहित अरु ६ जना प्रतिस्पर्धी छन् । जहाँ ताजा अवस्थामा मोदी ४९ हजार २३० भोटले अघि देखिएका हुन् ।

कांग्रेस गठबन्धनबाट अजय राय र बहुजन समाजवादी पार्टीबाट अतहर जमाल लारी मुख्य उम्मेदवार हुन् ।

सन् २०१४ र २०१९ को लोकसभा चुनावमा मोदीले वाराणसीमा भारी मतान्तरको जित निकालेका थिए । यहाँ सन् २०१४ मा कांग्रेसका अजय राय तेस्रो स्थानमा थिए । आम आदमी पार्टी प्रमुख अरविन्द केजरीवाल त्यसबेला दोस्रो स्थानमा थिए । त्यसबेला मोदीले ३ लाख ७० हजार भन्दा फराकिलो मतको जित निकालेका थिए ।

लोकसभा चुनाव २०१९ मा अजय राय वाराणसीमा कांग्रेसका उम्मेदवार थिए । उनी त्यसबेला तेस्रो स्थानमा समेटिए । मोदीले ६३.६२ प्रतिशत मत ल्याएका थिए । बहुजन समाजवादीकी शालिनी यादवलाई उनले ४ लाख ७९ हजार मतको अन्तरले मोदीले हराएका थिए ।

यस पटक कांग्रेसका रायलाई समाजवादी प्रमुख अखिलेश यादवको साथ मिलेको छ । यस चुनावमा वाराणसीमा मोदीविरुद्ध कांग्रेस र सपाले सबै शक्ति लगाएको छ ।राहुल गान्धी र अखिलेश यादवदेखि लिएर डिम्पल-प्रियंकासम्म वाराणसीमा चुनाव प्रचारका लागि उत्रिएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : ०६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन