दिल्लीका सातै क्षेत्रमा भाजपाको अग्रता, कन्हैया कुमार ४१ हजार मतले पछि परे « Khabarhub

दिल्लीका सातै क्षेत्रमा भाजपाको अग्रता, कन्हैया कुमार ४१ हजार मतले पछि परे


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको लोकसभा निर्वाचन २०२४ को मतगणनाको सुरुवाती रुझानमा केन्द्रीय राजधानीसमेत रहेको दिल्लीका सातै निर्वाचन क्षेत्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अगाडि छ ।

चुनाव आयोगका अनुसार चाँदनी चौकबाट भाजपाका प्रवीण खन्डेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका छन् । उनी यहाँ ३ हजार ८९५ मतले अग्रस्थानमा छन् ।

पूर्वी दिल्लीमा भाजपाका हरिश मल्होत्रा १२ हजार २६३ मतले अगाडि छन् । उनलाई आम आदमी पार्टीका उम्मेदवार कुलदीप कुमारले पच्छ्याइरहेका छन् ।

नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराजले आम आदमी पार्टीका सोमनाथ भारतीलाई पछि पारेका छन् । उनी १८ हजार ४८० मतले अघि छन् ।

उत्तर पूर्वी दिल्लीमा भाजपाका मनोज तिवारी कांग्रेसका उम्मेदवार कन्हैया कुमारभन्दा अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनीहरूका बीचमा ४१ हजार ५७९ को मतान्तर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर पश्चिमी दिल्लीमा पनि भाजपाका योगेन्द्र चन्दोलिया ६५ हजार ३४४ मतले लिड गरिरहेका छन् । यस क्षेत्रमा कांग्रेसका तर्फबाट उदित राज उम्मेदवार छन् ।

दक्षिणी दिल्लीमा भाजपाकै रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका शाही राम चुनाव लडेका छन् । रामवीर सिंह बिधुडी २० हजार २०६ मतले अगाडि छन् ।

पश्चिम दिल्ली निर्वाचन क्षेत्रमा भाजपाका कमलजीत सेहरावतले आम आदमी पार्टीका महाबल मिश्रालाई पछि पारेका छन् । उनी ३८ हजार ३९७ मतले अगाडि छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : ३४ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा