जेलबाट चुनाव लडेका अमृतपाल सिंहलाई ६३ हजारको अग्रता  « Khabarhub

जेलबाट चुनाव लडेका अमृतपाल सिंहलाई ६३ हजारको अग्रता 


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पञ्जाबमा पर्ने खडुर साहिब लोकसभा सिटमा स्वतन्त्र उम्मेदवार अमृतपाल सिंहले अग्रता लिएका छन् । असमको कारागारमा बन्दी जीवन बिताइरहेका अमृतपाल सिंह निकटतम् प्रतिष्पर्धीभन्दा ६३ हजार मतले अगाडि छन् । 

भारतीय निर्वाचन आयोगको वेबसाइटमा अमृतपाल सिंहले १ लाख ५३ हजार ५८९ मत प्राप्त गरेका छन् । कांग्रेसका कुलवीर सिंह जीरा दोस्रो स्थानमा छन् । उनले ८९ हजार ६५४ मत ल्याएका छन् । 

भारतीय चुनाव आयोगका अनुसार पञ्जाबका १३ सिट मध्ये ६ सिटमा कांग्रेसको अग्रता छ । आम आदमी पार्टीले तीन सिटमा अग्रता बनाउँदा शिरोमणि अकाली दल दुई र दुई सिटमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् ।

अमृतपाल ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । संगठन गठन गरेका दीप सिद्धुको सडक दुर्घटनामा मृत्यु भएपछि २०२२ सेप्टेम्बर २९ मा अमृतपाललाई प्रमुखमा नियुक्त गरिएको थियो ।  

अजनाला हिंसा पछि अमृतपालविरुद्ध कयौँ मुद्दाहरू दायर गरिएका थिए । उनीमाथि एनएसए (राष्ट्रिय सुरक्षा कानुन) पनि लगाइएको छ । अमृतपाल सिंहविरुद्ध एनएसएसहित १६ मुद्दाहरू लगाएको छ । उनी अहिले असामको डिब्रुगढ जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : ४८ बजे

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका–३

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल