नेपाल राष्ट्र बैंकद्वारा पे वेल र सजिलो पे को बैंक खाता रोक्का « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा पे वेल र सजिलो पे को बैंक खाता रोक्का


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक सेवा कम्पनीहरु पे वेल र सजिलो पे को बैंक खाता रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ती कम्पनीहरूको बैंक खाता रोक्का गरिएको जनाएको हो ।

राष्ट्र बैंकबाट अनुमति लिएर डिजिटल भुक्तानी सेवा सम्बन्धी काम गर्दै आएका ती कम्पनीहरूको कारोबार नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेकोले बैंक खाता रोक्का गरिएको जनाइएको छ ।

 ‘यस बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरू पेवेल नेपाल प्रा.लि., अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि., बालुवाटार, काठमाडौंबाट भैरहेका कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको हुँदा उपर्युक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

ती कम्पनीहरूको बैंक खाता बन्द भएपछि स्वभाविक रुपमा भुक्तानी सम्बन्धी कारोबार समेत बन्द हुने भएका छन् । राष्ट्र बैंकले ती संस्थाहरूमाथि छिटो अनुसन्धान गरिने र ग्राहकहरूको असुविधालाई सम्बोधन गरिने बताएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १ : ३० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी