मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ  « Khabarhub

मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ 


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्कीको पोखरा महानगरपालिका-१४ सितलटोलस्थित पार्किङमा रोकी राखेको ग.१५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

तामाङले नक्कली चाबी प्रयोग गरी मोटरसाइकल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले मोटरसाइकल डोर्‍याउँदै लगी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  २ : ५४ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी