पाकिस्तानको एक कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानको एक कोइला खानीमा दुर्घटना, ११ जनाको मृत्यु


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।  

खानीमा गाँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको खानी विभागका प्रमुख अब्दुल घानी बलोचले बताए । उनका अनुसार मृतकमा एक ठेकेदार र एक खानी प्रबन्धक पनि थिए ।

निजी कम्पनी युनाइटेड कोल कम्पनीद्वारा सञ्चालित यो खानी प्रान्तीय राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा अवस्थित छ । मार्चमा सोही प्रान्तमा ग्याँस विस्फोट हुँदा १२ जना खानी मजदुरको मृत्यु भएको थियो ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठुलो र सबैभन्दा गरिब प्रान्त हो जुन प्राकृतिक स्रोतहरूमा धनी भएता पनि यसलाई स्थानीयले लामो समयदेखि आफ्नो समुदायबीच निष्पक्ष रूपमा नबाँडिएको भनेर गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ३ : २२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास