संखुवासभाबाट बिष्फोटक पदार्थसहित दुई जना पक्राउ « Khabarhub

संखुवासभाबाट बिष्फोटक पदार्थसहित दुई जना पक्राउ


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभा, चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल र २७ वर्षीय बिकास कुमाल रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बिष्फोटक पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ४ : ०६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५