भारतमा बाढीका कारण १८ जनाको मृत्यु, छ लाखभन्दा बढी प्रभावित « Khabarhub

भारतमा बाढीका कारण १८ जनाको मृत्यु, छ लाखभन्दा बढी प्रभावित


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ भने छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मंगलबार अधिकारीहरूले बताएका छन् ।

बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ ।

आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको  हो ।  यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।

अधिकारीहरूले  हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको  उल्लेख गरेका छन् । 

आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ ।

प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् । यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) का कर्मचारीहरू तैनाथ गरिएको छ ।

गत महिना पश्चिम बंगाल र बंगलादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यहरूमा बाढी आएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ४ : ३५ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।