अयोध्यामा काम लागेन ‘भगवान रामको कार्ड’, भारी मतले पछि पर्‍यो भाजपा « Khabarhub

अयोध्यामा काम लागेन ‘भगवान रामको कार्ड’, भारी मतले पछि पर्‍यो भाजपा


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

अयोध्या : भारतमा जारी लोकसभा चुनावमा सबैभन्दा धेरै सिट रहेको राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टीले नमिठो धक्का ब्यहोरेको छ ।

भाजपाले अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठालाई चुनावी एजेन्डा बनाएको थियो । तर भाजपाले बनाएको भगवान रामको कार्ड त्यहाँ काम लागेन ।

अयोध्यामा राम मन्दिर निर्माणपछि पनि फैजाबाद सिटबाट भाजपाका उम्मेदवार लल्लु सिंहलाई समाजवादी पार्टीका प्रत्यासी अवधेश प्रसादले १४ हजार ११८ मतले पछि पारेका छन् ।

भाजपा प्रत्याशी लल्लु सिंहलाई ताजा अवस्थामा २ लाख ६१ हजार ६१९ मत मिलेको छ । उता सपाका अवधेश प्रसादलाई २ लाख ७५ हजार ७३७ मत मिलेको छ ।

सन् २०१४ बाट फैजाबाद सिट जित्दै आएको भाजपाका लागि ताजा रुझानअनुसार यस पटक राम लहरले काम नगरेको हो । यसै वर्ष मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राममन्दिर उद्घाटन गरेका थिए ।

फैजाबाद लोकसभा सिटमा २० मे मा मतदान भएको थियो । यसअघि भाजपा प्रत्यासी लल्लु सिंहले सन् २०१९ मा ६५ हजारभन्दा धेरै मतान्तरले जित निकालेका थिए । सपाका आनन्द सेन यादव दोस्रो र कांग्रेसका निर्मल खत्री तेस्रो भएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ४ : ५४ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन