दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, तौल बढाउने कसरी ? « Khabarhub

दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, तौल बढाउने कसरी ?


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


20.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ओए कस्तो दुब्लाएकी ?, खाना नै खाँदैनौँ कि के हो ? डाइटिङमा हो कि ?’, ‘कि घरमा खान दिँदैनन्’ जस्ता प्रश्न प्राय धेरै दुब्लो पातलो मान्छेले सुन्नु पर्छ ।

यस्ता प्रश्नले वास्तविक दुब्लो महसुस गर्ने व्यक्तिलाई निकै पीडा दिन्छ । मोटाउन चाहेर पनि कतिको शरीरको तौल बढ्दैन । जसले गर्दा यस्ता प्रश्नहरूले दुब्लो–पातलो मानिसलाई दिक्क लगाउँछ । यी प्रश्नले पनि दुब्ला व्यक्तिमा मोटाउने चाहना बढ्छ ।

हेर्दा मात्र कहाँ होर, दुब्ला व्यक्तिलाई सपिङ गर्न जाँदा पनि सामान किन्नै समस्या हुन्छ । मन परेका कपडाहरू सबै ठूलो भइदिन्छन् । यस्तो समस्याबाट तपाईँहरू पनि पीडित हुनुभएको छ होला ।

खासमा युवा युवतीहरू किन दुब्लो हुन्छन् ? आज हामी तपाईँलाई यस विषयमा जानकारी दिदैछौं ।

दुब्लोपनको विभिन्न कारणहरू छन् । गर्भ अवस्थामा आमालाई पौष्टिक तत्त्व नपुगेमा दुब्लो तौल भएको शिशु जन्मन्छन् ।

सामान्यतया साढे दुई केजी भन्दा कम तौल भएको शिशु जन्मिएमा उसलाई दुब्लो शिशु भन्न सकिन्छ । यस्तै जन्मिएपछि आमाको दुध कम भएमा पनि बालबालिकाको तौल घट्छ । आमाको दूध पर्याप्त नहुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ र दुब्लाउँछन् ।

हामीले खाने खानामा पोषणत्व नै कम छ कि । वा छिटो र मिठो खाने नाममा पेट भर्न मात्र खाइरहेका छौँ कि । पोषणविद्हरूका अनुसार आजभोलि युवायुवतीहरू पोषणतत्व मिलेको खाना भन्दा पनि भोक टार्न अघाउने खाना मात्रै खान थालेका छन् । जसले गर्दा शरीरलाई चाहिने क्यालोरी नपुग्दा युवायुवतीहरू दुब्लाउँदै गएका छन् ।

सामान्यतया वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनिक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त गर्न भएन भने मानिस मोटाउन सक्दैन ।

मोटो हुँदा मात्रै होइन दुब्लो व्यक्तिमा पनि समस्याहरू आउँछन् । उचाइ अनुसारको तौल कम हुँदै जानुमा  व्यक्तिमा क्यान्सरदेखि टिबी र एचआईभी सम्मका रोगहरू लागेको हुनसक्ने पोषणविद्हरू बताउँछन् ।

दुब्लो व्यक्तिमा हुने समस्या

– शारीरिक रूपमा कमजोर हुन्छन् ।

– दैनिक रूपमा सहज रूपमा काम गर्न सक्दैनन् ।

– इन्फेक्सनको खतरा हुनसक्छ ।

– शरीरमा रोग हुनु सक्छ ।

– भोक लाग्दैन ।

– पेट सम्बन्धी रोग लागेको हुनसक्छ ।

– क्यान्सर भएको हुनसक्छ ।

– जुका, टिभी, एचआइभी ।

कसरी मोटाउने त ?

– क्यालोरी पर्याप्त भएका खाना मात्रा मिलाएर खाने,

–प्रोटिन भएको खाना नियमित खाने,

–कार्बोहाइड्रेट युक्त खाना खाने,

–दिनको ३ छाक खाने,

–फ्याट भएको दूध खाने,

– स्वस्थ र गुणस्तरीय खाना खाने,

– चिज, आलु, फापर खाने,

– माछा, मासु खाने ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ५ : ४० बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित