राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक : मुख्यमन्त्री पाण्डे « Khabarhub

राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक : मुख्यमन्त्री पाण्डे


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताएका छन् । 

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज आयोजित ‘दिगो विकासका लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्य’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरूप्रतिको विश्वास कम हुँदै गएको उल्लेख गरे । 

‘पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ’, उनले भने, ‘प्रदेश सरकारप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन स्वास्थ्यकर्मीहरूले जागिरेका रुपमा नभइ सामाजिक सेवा भावले काम गर्न आवश्यक छ ।’

गण्डकी प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नेपाली नागरिक वञ्चित हुन नहुने बताए। 

ज्येष्ठ नागरिक, वालबालिका र सुत्केरीलाई सहुलियत दिने गरी उपचार गर्ने योजना ल्याउन लागिएको उनको भनाइ थियो । 

संघीय सरकारले न्यून बजेट दिएका कारण प्रदेश सरकारले जनताको काम गर्न नसकेको मुख्यमन्त्री पाण्डेले बताए। प्रदेशभित्र विपन्नको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसक्ने भएकाले सहलगानीकर्ताको खोजी गर्दै उनीहरूलाई सेवा दिनुपर्नेमा उनले जोड दिए ।  

स्वास्थ्य बिमा प्रभावकारी बनाउन सके स्वास्थ्य क्षेत्रका समस्या समाधान हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । 

गण्डकी प्रदेशका ११ जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहभागी भएको उक्त कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश कार्यालयका सचिव विनोदविन्दु शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । 

विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफ्नो जिल्लामा देखिएको स्वास्थ्य समस्या र बजेट अभावका कारण सर्वसाधारणले पाएको सास्तीका साथै पछिल्ला समयमा भएको उपलब्धि, स्वास्थ्य बिमाले पारेको सकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका ऊर्जा तथा जलस्रोतमन्त्री विन्दुकुमार थापा पनि सहभागी थिए । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ४४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको