मधेश सरकारबाट बाहिरिने एकीकृत समाजवादीको निर्णय « Khabarhub

मधेश सरकारबाट बाहिरिने एकीकृत समाजवादीको निर्णय


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिने निर्णय गरेको छ ।

मधेस सरकारमा एकीकृत समाजवादीका दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाउँदै छन् ।

राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेली छन् । उनीहरू अहिले मुख्यमन्त्री निवासमा पुगेका छन् । 

मुख्यमन्त्री सरोजकुमार यादव जनकपुरबाहिर भएकाले उनी आइसकेपछि राजीनामा पत्र बुझाउने गरी उनीहरू प्रतिक्षामा छन् ।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले यसअघि नै सहमति गरिसकेका छन् । 

मधेसमा एमाले सहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादी वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य चाहिन्छ ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । जसमा एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ५० बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार