चैतसम्म अधिकांश मन्त्रालयको बजेट खर्च ५० प्रतिशत तल « Khabarhub

चैतसम्म अधिकांश मन्त्रालयको बजेट खर्च ५० प्रतिशत तल

अर्थ मन्त्रालयको प्रगति १७.६० प्रतिशतमात्रै


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको चैत महिनासम्म अधिकांश मन्त्रालयले विनियोजनको ५० प्रतिशतभन्दा कमै बजेट खर्च गरेका छन्‌ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा स्वयम्‌ अर्थ मन्त्रालयले नै सो अवधिमा १७.६० प्रतिशत मात्रै खर्च गरेको उल्लेख छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले खर्च गर्नेगरी ३३ अर्ब ६९ करोड ९८ लाख ४० हजार रुपैयँ विनियोजन भएको थियो । चैत मसान्तसम्म ५ अर्ब ९३ करोड १८ लाख ६० हजार रुपैयाँमात्र खर्च भएको छ ।

सरकारको बजेट निर्माण र खर्चको आवश्यक व्यवस्था गर्ने मन्त्रालय नै खर्चमा असाध्यै कमजोर रहेको तथ्यांकले देखाएको हो । अघिल्लो आर्थिक वर्षमा पनि सो मन्त्रालयले कुल विनियोजित बजेटमध्ये जम्मा ३५.४६ प्रतिशत मात्रै खर्च गर्न सफल भएको थियो ।

अर्थ मन्त्रालय मात्रै नभएर चालु आर्थिक वर्षको बजेट खर्चमा अन्य मन्त्रालयहरू पनि कमजोर देखिएका छन् । चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि ५ अर्ब ६२ करोड २५ लाख ६० हजार रुपैयाँ विनियोजन भएकोमा सो कार्यालयले चैत मसान्तसम्म जम्मा २ अर्ब ९१ करोड ४८ लाख ४८ हजार रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ ।

चैत मसान्तसम्म उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले १५ अर्ब ८३ करोड ६२ लाख २८ हजार, कानून, न्याय तथा संसदीय मन्त्रालयले २२ करोड १४ लाख ४५ हजार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २४ अर्ब १७ करोड ४७ लाख ८७ हजार र खानेपानी मन्त्रालयले ४ अर्ब ४९ करोड ९१ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् ।

त्यस्तै सो अवधिसम्म गृह मन्त्रालयले १ खर्ब २९ अर्ब ७ करोड ४० लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ अर्ब १४ करोड ८ लाख ५६ हजार, परराष्ट्र मन्त्रालयले ५ अर्ब ८१ करोड ७५ लाख १५ हजार, वन तथा वातावरण मन्त्रालयले ५ अर्ब ७५ करोड २३ लाख ६६ हजार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ अर्ब ८३ करोड ४९ लाख २२ हजार रुपैयाँ खर्च गरेका छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म अन्य मन्त्रालयहरूको खर्चको अवस्था :

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ७ : ५२ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को