टी२० विश्वकपमा नेपालको पहिलो खेल – नेदरल्याण्ड्सलाई छैठौं पटक हराउने मौका « Khabarhub

टी२० विश्वकपमा नेपालको पहिलो खेल – नेदरल्याण्ड्सलाई छैठौं पटक हराउने मौका


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरुष टी२० विश्वकप २०२४ मा नेपालले आज पहिलो खेल खेल्दैछ । अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुन लागेको हो ।

नेपाली समयअनुसार सवा ९ बजे शुरू हुने भनिएको खेल वर्षाका कारण धकेलिएको छ । जारी विश्वकपको समूह ‘डी’ मा रहेका दुबै टोलीले आजको खेलमा हाबी हुँदै विजयी यात्रा शुरू गर्न चाहेका छन्‌ ।

सन्‌ २०१४ मा बंगलादेशमा आयोजित टी२० विश्वकपपछि विश्व क्रिकेट महासंग्राममा नेपालले यो पटक संघर्ष गर्न लागेको हो । नेदरल्याण्ड्स भने छैटौं पटक सहभागी हुँदै गरेको हो ।

टी२० अन्तराष्ट्रिय वरियतामा नेदरल्याण्ड्स १५औं र नेपाल १७औं स्थानमा छ । पछिल्ला खेलमा दुबै टोली चिरप्रतिष्पर्धी देखिएका थिए । दुई राष्ट्रिय टोलीबीच १२ वटा टी२० प्रतिष्पर्धा भएकामा ६ खेलमा नेदरल्याण्ड्स र पाँच खेलमा नेपाल विजयी भएको छ ।

एक खेल भने अनिर्णित भएको छ । सन्‌ २०१८ २९ जुनमा लर्ड्स खेलिएको खेल अनिर्णित भएको थियो ।

टी२० विश्वकप क्रिकेट निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : २० बजे

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी