टी२० विश्वकप – नेदरल्याण्ड्स सामू नेपालको विकेट पतन तीव्र « Khabarhub

टी२० विश्वकप – नेदरल्याण्ड्स सामू नेपालको विकेट पतन तीव्र


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरुष टी२० विश्वकपमा आफ्नो पहिलो खेलमा टस हारेर नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले लगातार विकेट गुमाइरहेको छ ।

यो सामग्री तयार पार्दासम्म १३.२ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर ६६ रन जोडेको छ ।

शुरूको पाँच ओभर सकिँदा २ विकेट गुमाएर नेपालले २५ रन जोडेको थियो । ओपनर ब्याटर आशिफ शेख ८ बलमा ४ रन र कुशल भूर्तेल १० बलमा ७ रन बनाएर आउट भएका थिए ।

७.४ ओभरमा सकिँदा १२ बलमा ११ रन बनाएर तेस्रो विकेटका रूपमा अनिल साह पेभेलियन फर्किए । कुशल मल्ल ९.४ ओभरमा ९ बलमा ९ रन बनाउँदै चौथो विकेटका रूपमा आउट भए ।

अलराउण्डर दीपेन्द्रसिंह ऐरी ११औं ओभरको चौथो बलमा ६ बल खेलेर १ रन जोड्दै पेभेलियन फर्किए । छैठौं विकेटका रूपमा सोमपाल कामी १३.२ ओभरमा पाँच बल खेल्दै शून्य रनमा आउट भए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र