‘हिरुलाल’ : सञ्चार असुविधा झेलिरहेको कर्णाली कहरको प्रतिविम्ब « Khabarhub

‘हिरुलाल’ : सञ्चार असुविधा झेलिरहेको कर्णाली कहरको प्रतिविम्ब


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्युजिकल फिल्म ‘हिरुलाल’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरस्थित एक हलमा बुधबार यो म्युजिकल फिल्मको प्रिमियर गरिएको हो ।

‘हिरुलाल’मा गायक एवम् मोडल चक्र बम र कलाकार रेनु योगीको मुख्य अभिनय छ । लोक देउडा तथा ठाडी भाकाको गीत ‘बित्या मैना साल, फर्की आइजा हिरुलाल’मा चक्र, डिक्रा देवी र रचना रिमालले स्वर दिएका छन् ।

यो भिडियो सामग्रीमा कर्णालीमा सञ्चार सुविधा नहुँदा उत्पन्न कहरको देखाइएको छ । भिडियोमा कर्णालीका एक युवा रोजगारीका लागि विदेसिँदा सञ्चार पहुँच नभएकाले परिवारसँग भौतिकसँगै प्राविधिक रूपमा पनि टाढिएको देख्न सकिन्छ ।

श्रीमान्सँग सञ्चार सम्पर्क नहुँदा श्रीमतीमा परेको मनोवैज्ञानिक असर भिडियोमा देख्न सकिन्छ । आमा–बुवाबीच सञ्चार सम्पर्क गराउन छोराले खेलेको भूमिकालाई भिडियोमा रोचक र भावनात्मक ढङ्गले देखाउन निर्देशक रतन देवकोटा सफल भएका छन् ।

इन्टरनेटको पहुँच भएका स्थानमा सामान्य मानिने भिडियो कलको कर्णालीको एक सामान्य परिवारमा ‘कस्तो खुसी आउँछ ?’ भिडियोमा देख्न सकिन्छ ।

यसमा कर्णाली अझै पनि सञ्चार सुविधा पर्खिरहेको सन्देश दिन खोजिएको छ । सारा संसार डिजिटल युगमा व्यस्त रहँदा पनि कर्णालीबासीले सञ्‍चार बञ्जितीकरणबाट भोग्नुपरेको सास्तीलाई भिडियोमा कलात्मक चित्रण गरिएको छ ।

‘बित्या मैना साल, फर्की आइजा हिरुलाल’ बोलको गीतले युवा विदेशिँदा कर्णाली खुसी छैन भन्ने प्रस्ट पार्छ ।

‘हिरुलाल’का कल्पनाकार, निर्माता र गीतकार निर्देशक देवकोटा स्वयम् हुन् । यसको कथा लेखन गोविन्द सुनार र संगीत उत्पादन कोबिड बज्रको छ । रेनुनाथ योगी र सौरभ लामिछानेले खिचेका हुन् ।

‘हिरुलाल’को छायाङ्कन जुम्लाको विभिन्न स्थानमा गरिएको छ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ३ : ११ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत