आज २०८१ साल असार २० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २० गते बिहीबारको राशिफल


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २० गते बिहीबार तदनुसार सन् २०२४ जुलाई ४ तारिख। असार कृष्ण पक्षको चतुर्दशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धनलक्ष्मी योग छ। सामान्य लगानीबाट पर्याप्त आम्दानी हुनेछ। साथीसँग भेट हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीमा सरस्वतीले बास गरेको दिन छ। धेरै मानिसले तपाईंसँग अपेक्षा गरेका छन्। बोल्दा सचेत बन्नु राम्रो हुनेछ। घरजग्गाको कारोबारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मिथुन : दिन संघर्षपूर्ण छ। समस्याको सामना गरेर समाधान खोज्नु राम्रो हुनेछ। भएको संरक्षण गर्नुपर्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वदेशमा गरेको श्रम लगानीबाट उन्नति हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नाले दिन सहज बन्नेछ।

कर्कट : दोहोरो चरित्रले समस्या पर्नसक्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : साथीले असहयोग गर्ने दिन छ। संगीत क्षेत्रमा सफलता मिल्नेछ। प्रतिभा देखाउनु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यले मनमा उत्साह थपिनेछ। परिवारमा योजना नसुनाउनु राम्रो हुन्छ। परिवारबाटै धोका हुने जोखिम देखिन्छ।

कन्या : उत्साहका साथ गरेका काम सफल बन्नेछन्। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। नयाँ ठाउँको यात्राले नाम र दम मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : बौद्धिक प्रतिस्पर्धामा तपाईंको विजय हुनेछ। रोकिएर रहेका काम सञ्चालन हुनेछन्। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारमा रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। काम नगरी हल्ला गर्नाले हरेक ठाउँमा धोका हुने जोखिम रहेको छ।

वृश्चिक : योजना फेलबदल हुनेछन्। खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। छिटो निर्णय गर्ने बानीले मन उदास हुनेछ।

धनु : आफ्नो प्रयास र संघर्षले गर्ने कामले खुशी बनाउने छ। अरुसँग अपेक्षा नगर्नु राम्रो हुनेछ। अरुसँग आशा गर्दा असफल बन्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्नेछ। रचनात्मक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : काम गर्दा सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा असफलता बढ्ने देखिन्छ। ठुला योजनाम हात नलगाउनु राम्रो हुन्छ। परिवार भन्दा बाहिरबाट सहयोग लिनु उचित हुन्छ।

कुम्भ : मानसिक झन्झट आइपर्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। झुटा आरोप लाग्ने खतरा छ। मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुन्छ।

मीन : नयाँ ठाउँको यात्रामा जाने योग छ। खानपानमा ख्याल नगर्दा रोगको चपेटामा पर्ने सम्भावना छ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको कामको उचित मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्