फुटबलमा सधैँ विशेष ब्राजिल र उरुग्वे | Khabarhub Khabarhub

फुटबलमा सधैँ विशेष ब्राजिल र उरुग्वे


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

समूह चरणको अन्तिम खेलमा ब्राजिलले कोलम्बियासँग १-१ गोलको बराबरीमा चित्त बुझायो। त्यसैगरी उरुग्वेले अमेरिकालाई १-० ले हरायो। विगतका अन्य सबै पक्ष छाडेर प्रतियोगितालाई मात्र हर्ने हो भने उरुग्वे लयमा रहेको टोली हो। आफ्नो समूहमा पहिलो भएर दोस्रो चरणमा प्रवेश गरेको हो भने ब्राजिल दोस्रो भएर नक आउट चरणमा प्रवेश गरेको हो। तसर्थ नकआउट चरणमा पक्कै पनि उरुग्वेलाई बलियो मान्न सकिन्छ।

यसअघि नै अभ्यास खेलमा मेक्सिकोलाई ४-० ले हराएको उरुग्वेले प्रतियोगितामा भएका ३ वटै खेलमा सफलता पाएको छ । समूहमा शत प्रतिशत जितले उरुग्वे उत्साहित छ।

पछिल्ला ११ खेलमा उरुग्वेले ७ मा जित हात पारेको विश्वकप छनोट खेलका ६ मध्येका ४ खेलमा सफलता पाएको छ। यो नै मध्ये ब्राजिल माथिको २-० को जित समेत समावेश छ।

उरुग्वेको तुलनामा ब्राजिलको अवस्था सही छैन। अन्तिम १० खेलमा ब्राजिलले ७ मा मात्र जित हात पारेको छ भने ७ मा सफलता पाएको छ। उरुग्वे प्रतियोगिताको साबिक उपविजेता हो। ब्राजिलको अहिलेको साख विगतको भन्दा खस्किएको छ। विगतको शानदार प्रदर्शन पनि अहिले छैन।

कोपा अमेरिका कपको इतिहासलाई आधार मान्ने हो भने यी दुई नै सबै भन्दा सफल टोली पनि हुन्। कोपा अमेरिका कपको इतिहासमा सबै भन्दा धेरै सफल खेलाडी पनि यी दुई देशका नै छन्।

ब्राजिलियन फुटबल प्रभावशाली रहेको समयमा जिविजन्हो पनि एक स्टारको रूपमा थिए। उनले ब्राजिलले १९४९ मा उपाधि जितेको समय नायक साबित भएको उनले कोपा अमेरिका कपमा कुल ३४ खेलमा सहभागिता जनाएर १७ गोल गरेका थिए।

सन् १९३९ देखि १९५० राष्ट्रिय टोलीमा रहेका उनले १३४ अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। यस भन्दा उरुग्वेका सेभिरिनो भेरेलाले सन् १९३७, १९३७ र १९४२ मा ३ पटक कोपा अमेरिकामा सहभागिता जनाएका थिए। यस क्रममा उनले प्रत्येकमा ५ का दरले १५ गोल गरेका हुन्। उनी कोपा अमेरिका कप इतिहासकै उत्कृष्ट मध्ये एकको सूचीमा रहेका छन्।

यी दुई देश बिचको भिडन्त कोपा अमेरिकामा मात्र होइन अन्य धेरै अर्थमा महत्त्वपूर्ण रूपमा लिइने गरिएको छ। यी नै मध्यको सन् १९५० को विश्वकप फाइनल नै हो।

अन्तिम चरणमा प्रवेश गरेका स्पेन, स्विडेन, ब्राजिल र उरुग्वेको बिचमा राउन्ड रोबीनको आधारमा खेल भएको थियो। उरुग्वेले पहिलो खेलमा स्पेनसँग बराबरी गरेको थियो भने स्विडेनलाई हराएको थियो। अन्तिम खेल अगाडी ब्राजिललाई एक अङ्कले उरुग्वेले पछ्याएको कारण बराबरीले पनि ब्राजिलको पक्षमा उपाधि जाने अवस्था थियो। सो खेलमा ७९ औं मिनेटसम्म पछि परेको उरुग्वे खेलमा फर्कँदै २-१ ले जितेको थियो। सो विश्वकप फाइनललाई अहिलेसम्म पनि ब्राजिलियन फुटबलको सबै भन्दा कालो दिन रूपमा चित्रण गरिन्छ।

सन् १९७० को विश्वकप सेमिफाइनलमा पनि यी दुई देशको बिचमा भेट भएको थियो। सेमिफाइनलमा पहिलो अग्रता उरुग्वेले लिएको थियो। मध्यान्तर अघि नै बराबरी गोल गरेको ब्राजिल जर्जिन्हो र रेभेन्हीन्होले अन्तिम समयमा गरेको गोलमा सफलता पाउँदै फाइनल यात्रा गर्न सफल भएको थियो। फाइनलमा इटालीलाई हराएर ब्राजिलले उपाधि जितेको हो।

सन् १९८९ को कोपा अमेरिका कपको शैली पनि सन् १९५० को विश्वकप जस्तै थियो। प्रतियोगिताको आयोजक ब्राजिल नै थियो। अन्तिम चरणमा राउन्ड रोबीनमा प्रतिस्पर्धा गर्ने टोलीमा ब्राजिल र उरुग्वेको अलावा अर्जेन्टिना र पाराग्वे थिए। अन्य दुई प्रतिद्वन्द्वीलाई हराउँदै अन्त्यमा मर्काना रङ्गशाला जहाँ विश्वकप फाइनल खेल भएको थियो। त्यसै रङ्गशालामा भएको खेलमा रोमारियोले गोल गर्दै ब्राजिललाई उपाधि दिलाएका थिए। ३९ वर्ष अघिको त्यसै रङ्गशालाको दुखद क्षणलाई बिर्साउन केही भए पनि ब्राजिलियनका लागि त्यो सहयोगी साबित भएको थियो।

सन् १९९५ को प्रतियोगिता उरुग्वेमा भएको थियो। ब्राजिलले यस अघिको वर्ष चौथो पटक विश्वकप उपाधि जितेको थियो। सो कोपा अमेरिका कपको उरुग्वेले टाई ब्रेकरमा ब्राजिललाई हराएर उपाधि जितेको थियो।

सन् २००६ को विश्वकप छनोटका लागि यी दुई देशको बिचमा भेट भएको थियो। सो खेल कुनै उपाधिका लागि थिएन। तथापि रोमाञ्चको रूपमा अत्यधिक रोमाञ्चक थियो।

खेलको २८ मिनेटमा नै काका र रोनाल्डोको गोलमा ब्राजिलले दुई गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा डिएगो फोर्लानले दुई गोल मात्र गरेनन्, ब्राजिलका गिल्बर्टो सिल्भाले आत्मघाती गोलसमेत गरे। अन्त्यमा रोनाल्डोले ब्राजिलका लागि बराबरी गोल गरेका थिए।

विश्व फुटबलमा धेरै परिवर्तन देखिए। कुनै पनि राष्ट्रिय टोलीको प्रदर्शन सधैँ एउटै लयमा नरहनु पनि स्वाभाविक हो। पहिलो पटक सन् १९३० मा उरुग्वेले विश्वकप आयोजना गर्दा ब्राजिल पनि सहभागी थियो।

ब्राजिलले सन् १९५० को विश्वकप आयोजना गर्दा उरुग्वेले उपाधि जितेको थियो। सन् १९५० सम्म हरेक अर्थमा उरुग्वे भन्दा पछि रहेको ब्राजिलले विश्व फुटबलमा फरक साख कायम गरेको छ। जुन टोली जुन लयमा रहे पनि उरुग्वे र ब्राजिलको भिडन्त विशेष रहने छ।
स्रोत : स्पोर्ट्स नेट, बिबिसी, स्पोर्ट्स केडिया

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : ४५ बजे

जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय

बाँके – वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती

बाढी पसेपछि बस्तीबाट ५६ जनाको उद्धार, अस्पताल जलमग्न

भक्तपुर –भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३०

आज राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज रातिदेखि आइतबारसम्म अति

भारतविरुद्ध जिम्बाबेको शानदार जित

काठमाडौं – जिम्बाबेले भारतविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कञ्चनपुर – कञ्चनपुरमा आज राति भारी वर्षा हुने सम्भावना देखिएपछि