अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने « Khabarhub

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने भएका छन्। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन संवादमा दुवै नेताले अमेरिकामा चाँडै भेट्ने सहमति गरेका हुन्।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्‍तिअनुसार नेतन्याहुले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठका अवसरमा अमेरिकी जनता र राष्ट्रपति ट्रम्पलाई इजरायल तथा इजरायली नागरिकका तर्फबाट बधाई दिएका थिए। उनले अमेरिका विश्वमा स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै इजरायलले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई उच्च महत्व दिएको बताए।

यद्यपि, प्रस्तावित भेटको मिति र स्थानबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन। टेलिफोन संवाद ट्रम्पले पछिल्ला साताहरूमा लेबनानस्थित हिजबुल्लाहविरुद्धको इजरायली सैन्य कारबाहीले इरानसँगको शान्ति वार्तामा असर पारेको भन्दै नेतन्याहुको आलोचना गरिरहेका बेला भएको हो।

इरानसँग भएको १४ बुँदे समझदारीअनुसार युद्धविरामको वातावरण बनाउन ६० दिनको समयसीमा तय गरिएको छ। यसैक्रममा जुलाई १ मा कतारको दोहामा अमेरिकी र इरानी वार्ताकारसँग छुट्टाछुट्टै छलफल भएको थियो। कतारका विदेश मन्त्रालयका प्रवक्ताले वार्तामा सकारात्मक प्रगति भएको र अर्को चरणको छलफल चाँडै हुने जानकारी दिएका छन्।

यता, इजरायलले लेबनानसँग कायम युद्धविरामको व्यवस्थाबीच पनि हिजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी रहने स्पष्ट गरेको छ। इजरायली उपविदेशमन्त्री शारेन हास्केलले हिजबुल्लाहलाई इरान समर्थित सुरक्षा चुनौतीको रूपमा चित्रण गर्दै त्यसलाई निःशस्त्र नगरी लेबनानमा दीर्घकालीन स्थायित्व सम्भव नरहेको बताए।

उनले हिजबुल्लाहबाट आक्रमण जारी रहेसम्म इजरायलले आफ्ना नागरिक र सुरक्षाकर्मीको रक्षाका लागि सैन्य कारबाही पनि जारी राख्ने बताए।

यसैबीच, प्रधानमन्त्री नेतन्याहुले जुन ३० मा अमेरिकाबाट प्राप्त आर्थिक सहायता क्रमशः अन्त्य गर्ने नीति अघि सार्दै इजरायलको अर्थतन्त्र अब बाह्य सहयोगमा निर्भर नरहेको दाबी गरेका थिए। उनले अमेरिकी सहायता अब आवश्यक नरहेको र यो प्रक्रिया यसै वर्षदेखि सुरु गर्न चाहेको बताए ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ६ : ३९ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने