लगानीको वातावरणमा सुधार : ११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब लगानीको प्रस्ताव « Khabarhub

लगानीको वातावरणमा सुधार : ११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब लगानीको प्रस्ताव


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गत आर्थिक वर्षको तुलनामा नेपालको औद्योगिक क्षेत्रमा लगानीको वातावरणमा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको औद्योगिक क्षेत्रमा झण्डै सबा २ खर्ब लगानी प्रस्ताव भएको छ । 

उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रमा २ खर्ब १७ अर्ब बराबरको नयाँ लगानी प्रस्ताव भएको हो ।

समीक्षा अवधिसम्म ३८३ वटा नयाँ उद्योग नेपालमा दर्ता भएका छन् । जसमध्ये ४९ वटा ठूलो उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग रहेका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका उद्योगहरूले २६ हजार २७ जनालाई नयाँ रोजगारी दिने प्रस्ताव गरेका छन् ।

११ महिनाको अवधिमा ३५५ वटा विदेशी लगानी स्वीकृत भएको र ती उद्योगहरूको ४४.३४ अर्ब लगानी समेत स्वीकृत भएको विभागले जनाएको छ । विदेशी लगानी स्वीकृत भएका उद्योगहरूले १७ हजार ६४२ जनालाई रोजगार दिने प्रस्ताव गरेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिको तुलनामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रको लगानी वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न ३२२ वटा स्वदेशी तथा विदेशी उद्योगहरूको लागि २ खर्ब १४ अर्ब मात्रै लगानी प्रस्ताव आएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा २ वटा उद्योगले प्याटेन्ट दर्ता, ११ वटा उद्योगले डिजाइन र ५४९४ वटा उद्योगले ट्रेडमार्क दर्ता गराएका छन् । त्यस्तै, उद्योग स्थापनाको लागि समीक्षा अवधिमा ४५ वटा कम्पनीहरूले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १० : २३ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर