रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको जवाफ, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’ « Khabarhub

रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको जवाफ, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान लिएका छन् ।

बुधबार साँझ नेकपा एमालेका ८ मन्त्रीको राजीनामासँगै समर्थन फिर्ता भएपछि अल्पमतमा परिसकेका उनले संसद् फेस गर्ने अडान लिएका हुन् ।

राजीनामा पत्र बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूसँगको छलफलमा उनले ३० दिनसम्म सरकारमै रहने अडान लिएका हुन् ।

बिहीबार बिहान राजीनामा पत्र बोकेर पुगेका रास्वपाका मन्त्रीहरूसँग दाहालले डेढ घण्टा लामो संवाद गरेका थिए ।

एमाले सोमबार सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका दाहालले कांग्रेसलेसमेत दबाब दिँदा पनि सत्ता छाड्न नमानेका हुन् ।

एमाले र कांग्रेस दुवै दलले सोमबार नयाँ समीकरणका लागि सहमति गरिसकेको अवस्थामा प्रचण्डले सजिलै सत्ता नछाड्ने संकेत गरेका हुन् ।

सरकार अल्पमतमा परेको तथा संसद्बाट विश्वासको मत पनि नमिल्ने निष्कर्षसहित रास्वापाका मन्त्रीहरूले राजीनामा दिन बालुवाटार छिरेका थिए ।

राजीनामा दिन पुगेका उनीहरूलाई प्रधानमन्त्रीले अहिले सरकारबाट नबाहिरिन सुझाएका छन् । दाहालले संसद् फेस गर्ने तयारीमा रहेको बताउँदै साथ दिन पनि अपील गरेका छन् ।

प्रचण्डले यसो भनेपछि रास्वपाका सबै मन्त्री राजीनामा पत्र गोजीमै बोकेर बालुवाटारबाट बाहिरिएका छन् ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ११ : १५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको