पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा घट्यो | Khabarhub Khabarhub

पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा घट्यो


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सित्तैमा विद्युत् पाउने भएपछि भारतको पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा कमी आएको पाइएको छ।

सरकारले पञ्जाबमा ३ सय युनिट विद्युत प्रतिमहिना सित्तैमा प्रदान गर्न थालेसँगै सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्या घट्न थालेको हो ।

खालसाभक्सका अनुसार खासगरी फरिदाकोट र अमृतसरमा सौर्य ऊर्जा जडान गर्ने घरधुरी घटेका छन् । जालन्धरका सौर्य ऊर्जा जडान गर्ने एक जना विज्ञ परमिन्दर सिंहका अनुसार उच्च लागतका कारण पनि मानिसहरु सौर्य ऊर्जा जडान गर्न हच्किने गरेका छन् ।

उनका अनुसार सौर्य ऊर्जाको प्यानल जडान गर्न डेढदेखि दुई लाख भारतीय रुपैयाँसम्म लाग्दै आएको छ ।

समाचारमा जनाइएअनुसार र ३ सय युनिट प्रतिमहिनाभन्दा धेरै विद्युत् प्रयोग गर्ने घरधुरीले भने अझै पनि सौर्य प्यानल जडान गर्ने गरेका छन् । त्यसबाहेक पछिल्लो समय सौर्य प्यानल निजी आवासीय भवनभन्दा पनि सरकारी कार्यालयमा बढी जडान हुने गरेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ११ : ५९ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई