प्रधानमन्त्रीले रास्वपालाई भने- संवैधानिक अधिकार प्रयोग गर्छु साथ दिनुहोस् « Khabarhub

प्रधानमन्त्रीले रास्वपालाई भने- संवैधानिक अधिकार प्रयोग गर्छु साथ दिनुहोस्


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका मन्त्रीहरूलाई आफूले संविधान अनुसार ३० दिनभित्रमा विश्वासको मत लिने सल्लाह मागेका छन् । 

बिहीबार बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्री र प्रमुख सचेतक सन्तोष परियारसँग  प्रधानमन्त्रीले सल्लाह मागेका हुन् । 

त्यसपछि प्रमुख सचेतक सन्तोष परियारले प्रचण्डलाई जति सक्दो चाँडो विश्वासको मत लिन आग्रह गरेको गरेका थिए । प्रधानमन्त्रीले सल्लाह मागेपछि सचेतक परियारले ले छिटोभन्दा छिटो विश्वासको मत लिएर मार्ग प्रशस्त गर्न भनेका थिए । 

प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्ने र सांसदलाई जवाफ दिने बताएका कारण हामीले यो कार्यक्रम छिटोभन्दा छिटो गरिहालौँ भनेर सुझाव दियौँ, परियारले भने,  ‘हिजोसम्म सँगै सत्तामा साझेदार गरेको एउटै मुद्दामा कतिपय कुरामा हामी हिँडेका छौँ मलाई विश्वासको मत लिने अधिकार प्रयोग गर्न दिनुहोस्।’ 

प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग नगर्दा पनि कमजोर प्रधानमन्त्री भएको आक्षेप लगाउने भएका कारण आफूले संवैधानिक अधिकार प्रयोग गर्ने रास्वपालाई जानकारी गराएका थिए त्यसमा रास्वपाले पनि साथ दिने जनाएको छ। 

यसो भनेपछि प्रधानमन्त्रीले एक साताभित्र नै  विश्वासको मत लिने तयारी गरेको बताएको स्रोतको दाबी छ । 

रास्वपाले अहिलेसम्म सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएकै छैन र मन्त्रीहरूलाई राजीनामा समेत गराएको छैन।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : २६ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन