जंगली च्याउ खाँदा एकै परिवारका सातजना बिरामी « Khabarhub

जंगली च्याउ खाँदा एकै परिवारका सातजना बिरामी


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बागमतीजंगली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मंगली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मंगली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

यसअघि यही असारको पहिलो साता जंगली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा तीनजनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : ५७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष