ईयूको सहयोगमा ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख अनुदान  « Khabarhub

ईयूको सहयोगमा ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख अनुदान 


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन युनियन (ईयू) ले क्रिएसन नेपालले सञ्चालन गरिरहेको ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख बराबरको अनुदान सहयोग दिने भएको छ ।

क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान सहयोग ईयूले दिने भएको हो ।

यूरोपिएन यूनियन (ईयू) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई उक्त अनुदान हस्तान्तरण गरिने परियोजनाका प्रमुख युनिस घिमिरले बताए ।

बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम गरिरहेका निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका उद्यमलाई २० लाखका दरले अनुदान प्रदान गरिनेछ ।

‘प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई सशक्त बनाउने उद्देश्यले अनुदान प्रदान गर्न लागिएको हो । प्राप्त अनुदान रकमबाट संस्थाले आफ्नो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मेसिनरी उपकरणहरू खरिद गर्न सक्नेछन्,’ उनले भने ।

क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरूलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग हुने विश्वास व्यक्त गरे । स्टार्टअपका लागि सम्भवतः निजीस्तरमा पहिलो पटक यति धेरै अनुदान प्रदान गर्न लागिएको उनले बताए ।

क्रिएसन नेपालले ग्रीनसिफ्ट परियोजना चार वर्ष समयावधिका लागि ३ प्रदेशका ९ स्थानीय तहमा विभिन्न क्रियाकलाप  गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनर छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १ : १२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले