प्राधिकरणको डेढ अर्बको डाटा सेन्टर अन्य सरकारी निकायलाई पनि उपयोगी | Khabarhub Khabarhub

प्राधिकरणको डेढ अर्बको डाटा सेन्टर अन्य सरकारी निकायलाई पनि उपयोगी


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले गत असार १४ गतेदेखि विद्युत् वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर सञ्चालनमा ल्याइसकेको छ ।

प्राधिकरणले काठमाडौंको स्युचाटारस्थित भार प्रेसर केन्द्र रहेकै क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न अन्र्तराष्ट्रिय डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणले पहिलो पटक ल्याएको यो डिजिटल प्रविधिको मूख्य उद्धेश्यक प्राधिकरणको संस्थागत क्रियाकलापलाई एकीकृत रूपमा डिजिटलमार्फत व्यवस्थित गर्ने र डाटाको सुरक्षा गर्नु भएको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका थुप्रै डाटाहरू हुन्छन् । मूख्यगरी, बिलिङ, स्मार्ट मिटर, पेमेन्ट, अनलाइन भुक्तानी, प्राधिकरणका वित्तीय तथा आर्थिकसम्वन्धि तथ्यांकहरू, विद्युत् उत्पादन, वितरण र खपतका विभिन्न तथ्यांकहरू सुरक्षित रूपमा सर्भरमा राख्नुपर्ने हुन्छ ।

आम ग्राहकले कति बिजुली खपत गरे, कति बिल तिरे, कुन माध्यमबाट रकम भुक्तानी गरे लगायत रेकर्डहरू समेत राख्न सकिने अत्याधुनिक सर्भर प्रणाली प्राधिकरणले सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणका अधिकांश काम डाटावेस्ड हुन्छन्‌ । अहिलेसम्म त्यस्ता डाटा सुरक्षित गर्ने व्यवस्थित ‘ब्याकअप’ व्यवस्था थिएन । प्राधिकरणले आफ्नो ‘डिजिटल एनईए’ अवधारणा अनुसार नै अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणले यसलाई संस्थागत मेमोरीको रूपमा परिभाषित गरेको छ । प्राधिकरणको कुनै पनि कर्मचारी नियमअनुसार सवा १० बजेसम्म कार्यालय पुगिसक्नुपर्छ । त्यसपछि, कर्मचारीले कार्यालय पुगेर प्रयोग गर्ने कम्प्युटर वा ल्यापटपमा आफ्नो अनुहार देखाएपछि मात्र हाजिर हुने र उपस्थिति भएको मान्य हुने खालको प्रणाली डाटार सेन्टरबाटै गर्न सकिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन् ।

एनईएको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

उनका अनुसार कुनै कर्मचारीले आफूले राखेको डाटा हराएको वा कम्प्युटर बिग्रेको कारणले काम गर्न नपाउने अवस्था अब रहँदैन । किनकी, प्राधिकरणका विभिन्न निकाय वा विभागका डाटाहरू प्रत्यक्ष रूपमा सर्भरमा राख्ने प्रणाली विकास भइसकेको छ । सम्पूर्ण डाटाहरूलाई एकीकृत रूपमा सुरक्षित र व्यवस्थित किसिमले राख्न डाटा सेन्टर उपयोगी हुनेछ । आगामी २० वर्षसम्मका लागि प्राधिकरणका जुनसुकै तथ्याङ्क तथा अभिलेखहरू त्यस डाटा सेन्टरमा एकीकृत रूपमा राख्न सकिने संयन्त्र बनेको हो ।

घोषका अनुसार आगामी दिनमा कुनै सरकारी निकायहरू; जस्तै- नेपाल राष्ट्र बैंक, राहदानी विभाग, राष्ट्रिय परिचय पत्र, नागरिकता प्रतिलिपिसम्बन्धी सम्पूर्ण अभिलेखहरू पनि अहिले बनेकै डाटा सेन्टरहरूमै राख्न सकिन्छ । अन्तर निकायसँग समन्वय हुन सक्यो भने महत्वपूर्ण डाटाहरूको छुट्टै सर्भर बनाएर सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

कस्तो छ प्राधिकरणको डाटा सेन्टर ?
‘प्रि-फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् ।

टियर-३ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्ना सेवा प्रवाह डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडलको डाटा सेन्टर नेपालमै पहिलो भएको दाबी गरिरहेको छ । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत भण्डार गरी क्रमशः राखिनेछ ।

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधिका र्‍याक रहेका छन् । जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोएिका सर्तहरू पूरा गर्न आवश्यक व्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएको छ । ३०० केभीए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरणहरू प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु पर्दैन । ६ वटा फिडरबाट विद्युत् आपूर्ति गरिएको छ ।

प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । डाटा सेन्टरलाई चौबीसै सञ्चालन गर्न कर्मचारी खटाइएको छ ।

डाटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणाली अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरू जोडिने छन् ।

केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरबाट काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको प्राविधिक सहयोग तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब १ अर्ब ४० करोड रुपैयाँ छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १ : ४७ बजे

उपसभामुख रानाले पैसा लिएको उजुरी आएको थियो : मुकुल ढकाल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले उपसभामुख

‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मारमा

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँस्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले

याक्थुङ मुन्धुम : प्रारम्भिक कृषियुगको ऐना

याक्थुङ लिम्बू समुदायका येवा/येमानी, साम्बा, फेदाङ्मा (पुरोहित), तुतु तुम्याहाङ (ज्येष्ठ

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध

कर्णालीमा साढे ६ वर्षपछि माओवादी प्रतिपक्षमा

सुर्खेत– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभामा प्रतिपक्षमा पुगेको छ ।