समाजवादी अध्यक्षमा नेपाल र महासचिवमा भुसाल निश्चित, वरिष्ठ उपाध्यक्षमा कुरा मिल्न बाँकी « Khabarhub

समाजवादी अध्यक्षमा नेपाल र महासचिवमा भुसाल निश्चित, वरिष्ठ उपाध्यक्षमा कुरा मिल्न बाँकी


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजावादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल निश्चित भएका छन् । त्यस्तै महासचिवका लागि घनश्याम भुसालको नाममा पनि सहमति जुटेको छ ।

चार दिनदेखि काठमाडौंको कमलादीमा जारी दशौँ महाधिवेशनबाट मुख्य दुई कार्यकारी पदमा पुरानै अनुहार सर्वसम्मत दोहोरिने भएका हुन् ।

उता पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा भने अझै सहमति बनिसकेको छैन । वरिष्ठ उपाध्यक्षमा अध्यक्ष नेपालको गुटबाट राजेन्द्रप्रसाद पाण्डेको बलियो दाबेदारी छ ।

तर सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालको गुटबाट वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश ज्वालाले पनि दाबी गरेका छन् ।

अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ ।

त्यस्तै सचिव पदमा पनि नेता मेटमणि चौधरीले दाबेदारी प्रस्तुत गरेका छन् । ने‍कपा एमाले विभाजनताका नयाँ पार्टी खोल्न माधव नेपाललाई दह्रो साथ दिएका उनी थारु समुदायबाट पार्टीको नेतृत्व गर्ने योजनामा छन् ।

समाजवादीले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षसहितका पदहरूमा सहमतिबाटै नाम टुंगो लगाउने गरी छलफल अघि बढाइरहेको छ ।

‘मिलेसम्म सबै पदाधिकारीहरूमा सहमतिको कोसिस हुनेछ । त्यही दिशामा छलफल हुँदा अध्यक्ष र महासचिवमा सहमति बनेको हो’, महाधिवेशनस्थलबाट एक नेताले खबरहबलाई भने, ‘पदाधिकारीबाहेक केन्द्रीय सदस्यसहितका पदमा सहमति बन्न नसके निर्वाचनबाट छिनोफानो गरिने छ।’

यसअघि अध्यक्ष पदको दौडमा रहेका सम्मानित नेता खनाल मौन बसेका छन् । उनी महाधिवेशनमा बन्द सत्रको अध्यक्षमण्डलको अध्यक्षको भूमिकामा छन् । उनी अघि नसरेपछि भुसालले अध्यक्ष हुन खोजेका थिए । तर यस पटक नेपालले नै अध्यक्षमा आफूलाई राख्न सफल भएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  २ : ११ बजे

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४