घनश्याम भुसालको तर्क- कांग्रेस-एमाले सहमति विश्वासयोग्य छैन, प्रचण्डलाई साथ दिन्छौँ « Khabarhub

घनश्याम भुसालको तर्क- कांग्रेस-एमाले सहमति विश्वासयोग्य छैन, प्रचण्डलाई साथ दिन्छौँ


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् ।

उनले संविधान संशोधनको बारेमा दुवै दलले स्पष्ट व्याख्या नगरेको र आफूहरूसँग पनि कुनै छलफल नगरेको बताए ।

महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । एकीकृत समाजवादीले नेतृत्व चयन सर्वसम्मत गर्न निर्वाचन प्रक्रिया अझै सुरु गरेको छैन ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ४ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र