सरकार परिवर्तन हुन लाग्दा डराए ठेकेदार, ४० अर्ब भुक्तानी नहुने चिन्ता | Khabarhub Khabarhub

सरकार परिवर्तन हुन लाग्दा डराए ठेकेदार, ४० अर्ब भुक्तानी नहुने चिन्ता


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता समीकरण परिवर्तनसँगै निर्माण व्यवसायी (ठेकेदार) हरूलाई राज्यबाट पाउनुपर्ने ४० अर्ब रुपैयाँ भुक्तानी रोकिने चिन्ता बढेको छ ।

सरकारले हालसम्म निर्माण सम्पन्न भएका आयोजनाको ४० अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) ले दाबी गर्दै आएको छ । विगतदेखि नै सरकारका विभिन्न विकासे अड्डाहरूले निर्माणबापतको भुक्तानी नगरेको निर्माण व्यवसायीको गुनासो छ ।

तीनै तहका सरकारका सडक, सिँचाइ, खानेपानी, सहरी, भवन निर्माणलगायत निकायबाट गरिएको ठेक्का तथा निर्माणबापत भुक्तानी हुन नसकेको हो । निर्माणको काम सकेर भुक्तानीका लागि बिल पेश गरेका निर्माण व्यवसायीहरूले अहिलेसम्म भुक्तानी पाउन नसकेको बताएका हुन् ।

गत आर्थिक वर्ष २०८०/०८१ सम्म र चालू आवमा निर्माणको थप दायित्व गरि सरकारले अझै ४० अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले खबरहबलाई बताए । सरकारबाट क्रमशः भुक्तानी भइरहे पनि थप दायित्व सिर्जना भइरहेको उनको भनाइ छ ।

‘विगतको थप दायित्व समेत गरी सरकारले अझै ४० अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन,’ उनले भने, ‘पुरानो भुक्तानी पनि भइरहेको छ र क्रमशः नयाँ दायित्व पनि थपिएको छ ।’ उनका अनुसार, स्वास्थ्य क्षेत्रको मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ । सडक र सिँचाइ क्षेत्रको पनि बढी भुक्तानी बाँकी रहेको सिंह बताउँछन्‌ ।

चालू आर्थिक वर्षको अन्तिम भएकाले पनि अधिकांश निर्माण व्यवसायीहरू भुक्तानीका लागि अर्थ मन्त्रालय धाइरहेका छन् । निर्माण व्यवसायीहरू पछिल्लो पटक भुक्तानीका लागि रकमान्तर गरिदिन माग गर्दै  अर्थ मन्त्रालयमा पुग्न थालेको सिंहले बताए ।

उनका अनुसार विगत देखिको दायित्व रहेकाले अर्थ मन्त्रालयले रकमान्तर गरेर निर्माण व्यवसायीको भुक्तानी गर्न सक्ने अवस्था छ । महासंघले निर्माण व्यवसायीको बाँकी भुक्तानी उपलव्ध गराइदिन माग गर्दै अर्थ मन्त्रालयसँग सरकारी निकायलाई पत्र समेत पठाइसकेको सिंहले बताए ।

‘अहिले हामी निर्माण व्यवसायीको काम नै अर्थ मन्त्रालय धाएर जतिसक्दो भुक्तानी लिने नै हो । महासंघले बिहीबार मात्रै पनि निर्माण व्यवसायीको भुक्तानी अबिलम्बन गरिदिन माग गर्दै पत्र काटेको,’ उनले भने ।

आगामी आर्थिक वर्षदेखि सरकारले कुनै पनि विकासे आयोजनाको ठेक्का लगाउनुपूर्व त्यसको स्रोत र पूँजी व्यवस्थापन गरेर मात्र अघि बढाउनुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्षको अन्त्य हुनै लाग्दा नयाँ सरकार परिवर्तनको कारणले पनि निर्माण व्यवसायीलाई भुक्तानी नपाइने हो कि भन्ने त्रास बढ्न थालेको सिंहको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ११ बजे

दक्षिणपूर्वी एशियाली चार मुलुकसँगको भुक्तानी सञ्जालमा भारत पनि सहभागी

काठमाडौँ– भारत चार दक्षिणपूर्वी एशियाली मुलुकमा सीमापार खुद्रा भुक्तानी सञ्जालमा

 एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ

 सप्तकोशीका ५६ मध्ये ४६ ढोका खोलिए, सतर्क रहन आग्रह

काठमाडौँ– सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६

ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं – उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

भारतद्वारा रुसमा आलुमिनियम निर्यात

काठमाडौँ– भारतले पहिलो पटक रुसतर्फ आलुमिनियम निर्यात गरेको पाइएको छ