एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने | Khabarhub Khabarhub

एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेले यस वर्षको एसईई परीक्षामा अनुत्तीर्णहरूका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने भएको छ । उक्त कुराको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बुटवलमा दिएका हुन् ।

अनेरास्ववियु रुपन्देहीले बुटवलमा एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसबारे जानकारी दिएका हुन् ।

उनले बिनाप्रयास र बिनाइमानदारिता कुनै कुरामा सफलता प्राप्त नहुने पनि बताएका छन् । ‘इमानदारिता सफलताको पुँजी हो, इमानदारिताले सफलतालाई चुम्छ’, उनले भने ।

अध्यक्ष ओलीले एसईई मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षाको व्यवस्था मिलाउने बताए ।

आफूले देश भरिका विद्यार्थीलाई निःशुल्क अनलाइन क्लास लिने व्यवस्था मिलाउने घोषणा उनले गरे ।

‘उहाँहरूलाई उत्तीर्ण गराउन अङ्ग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत सबै विद्यार्थीलाई उपलब्ध गराइने छ’, उनले भने, ‘निःशुल्क अनलाइन क्लास देशभर नै चलाइनेछ । काठमाडौंबाट गुणस्तरीय शिक्षकहरूले अनलाइनमार्फत शिक्षा दिनुहुने छ, त्यसका लागि केपी ओली फेसबुक पेजमा कन्ट्याक गर्नुहोला । सबैले अनलाइन क्लासमा जोडिएर लाभ लिन सक्नु हुने छ ।’

ओलीले धेरै ज्ञान र क्षमता भएको शिक्षकहरूले अनलाइन कक्षा लिने जानकारी दिए । उनले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गरे ।

उनले फेसबुक पेजमा कन्फ्युजन भए ९८४१८९७६१३ नम्बरको मोबाइल नम्बरमा सम्पर्क गर्न पनि विद्यार्थीलाई भने ।

त्यो नम्बरले विद्यार्थीलाई समस्या परे मद्दत गर्ने उनले स्पष्ट पारे । बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण भएर भविष्य उज्ज्वल बनाउन यो काम गर्न लागेको उनले बताए ।

उनले शिक्षकहरूलाई समय अनुसारको सिप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरमा कमी हुँदा एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए ।

शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको ओलीको भनाई छ । विद्यार्थीहरू कमजोर भएका कारण अनुत्तीर्ण नभएका उनले बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग