एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने « Khabarhub

एमालेले एसईई अनुत्तीर्णका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेले यस वर्षको एसईई परीक्षामा अनुत्तीर्णहरूका लागि नि:शुल्क अनलाइन कक्षा चलाउने भएको छ । उक्त कुराको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बुटवलमा दिएका हुन् ।

अनेरास्ववियु रुपन्देहीले बुटवलमा एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसबारे जानकारी दिएका हुन् ।

उनले बिनाप्रयास र बिनाइमानदारिता कुनै कुरामा सफलता प्राप्त नहुने पनि बताएका छन् । ‘इमानदारिता सफलताको पुँजी हो, इमानदारिताले सफलतालाई चुम्छ’, उनले भने ।

अध्यक्ष ओलीले एसईई मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षाको व्यवस्था मिलाउने बताए ।

आफूले देश भरिका विद्यार्थीलाई निःशुल्क अनलाइन क्लास लिने व्यवस्था मिलाउने घोषणा उनले गरे ।

‘उहाँहरूलाई उत्तीर्ण गराउन अङ्ग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइनमार्फत सबै विद्यार्थीलाई उपलब्ध गराइने छ’, उनले भने, ‘निःशुल्क अनलाइन क्लास देशभर नै चलाइनेछ । काठमाडौंबाट गुणस्तरीय शिक्षकहरूले अनलाइनमार्फत शिक्षा दिनुहुने छ, त्यसका लागि केपी ओली फेसबुक पेजमा कन्ट्याक गर्नुहोला । सबैले अनलाइन क्लासमा जोडिएर लाभ लिन सक्नु हुने छ ।’

ओलीले धेरै ज्ञान र क्षमता भएको शिक्षकहरूले अनलाइन कक्षा लिने जानकारी दिए । उनले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गरे ।

उनले फेसबुक पेजमा कन्फ्युजन भए ९८४१८९७६१३ नम्बरको मोबाइल नम्बरमा सम्पर्क गर्न पनि विद्यार्थीलाई भने ।

त्यो नम्बरले विद्यार्थीलाई समस्या परे मद्दत गर्ने उनले स्पष्ट पारे । बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण भएर भविष्य उज्ज्वल बनाउन यो काम गर्न लागेको उनले बताए ।

उनले शिक्षकहरूलाई समय अनुसारको सिप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरमा कमी हुँदा एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए ।

शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको ओलीको भनाई छ । विद्यार्थीहरू कमजोर भएका कारण अनुत्तीर्ण नभएका उनले बताए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : १३ बजे

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा