मुकुलले समीक्षा यात्राको प्रतिवेदनमै लेखे- मलाई घोक्र्याएर पार्टीबाट निकाल्न सक्छन् « Khabarhub

मुकुलले समीक्षा यात्राको प्रतिवेदनमै लेखे- मलाई घोक्र्याएर पार्टीबाट निकाल्न सक्छन्


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमै आफूलाई कारबाहीको पूर्वानुमान गरेका खुलेको छ ।

उनले अघिल्लो बुधबार उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई बुझाएको समीक्षा यात्राको प्रतिवेदनमा आफूलाई घोक्रयाएर पार्टीबाट निकाल्न सक्ने अनुमान गरेको भेटिएको छ ।

‘पार्टीलाई जन्मदाताकै रूपमा होस् वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ । यसरी दुर्घटना हुँदैछ भन्दा श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुन सक्छ,’ ढकालले लेखेका छन्, ‘अर्थात मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन् । आगामी राजनीतिक जीवनका लागि यो घातक सावित हुनेछ ।’

ढकालले रास्वपाको हालत विवेकशील जस्तो हुने देखिएपछि पार्टीको भविश्यका बारेमा लेख्न उपयुक्त हुने वा नहुने भन्ने प्रश्न मानमा उठेकोसमेत प्रतिवेदनमा उल्लेख गरेको पाइएको छ ।

‘आज पार्टीको वर्तमान भनेको जनमत छैन । जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मे–हम्मे गरेर राष्ट्रिय पार्टी बन्ला, प्रत्यक्षमा १–२ सिट जित्ला,’ उनले भनेका छन्, ‘भोलिका दिनहरू आजकै अनुसार अघि बढे पार्टीको हालत विवेकशीलजस्तै हुनेछ । यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो ।’

उनले पौराणिककालका पात्र सहदेवलाई पिता पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको स्मरण गर्दै भागवान श्रीकृष्णले शहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । उनलाई भूत, भविष्य र वर्तमान देख्ने गरी त्रिकाल दर्शनको शक्ति प्राप्त थियो,’ ढकालले लेखेका छन्, ‘त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले सहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए । त्यसैले महाभारतमा सहदेवलाई सबै थाहा भए पनि उनी चुप बसे ।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : २२ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको