यस्तो छ मुकुल ढकाललाई संकटमा पार्ने प्रतिवेदन (पूर्णपाठ) « Khabarhub

यस्तो छ मुकुल ढकाललाई संकटमा पार्ने प्रतिवेदन (पूर्णपाठ)


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार राति मात्रै बहुमतको निर्णयबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ ।

स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री ढकालले ल्याएपछि अहिले उनलाई त्यसैले संकटमा पारेको छ । उनले ‘समीक्षा यात्रा-फोक्सुन्डो शीर्षकमा तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

रास्वपाका संस्थापकमध्ये एक उनले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । ढकालले उक्त प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख गरेका थिए ।

बुधबारको बैठकमा प्रतिवेदन पेश गर्न नदिइएपछि त्यहीकुरा उनले सञ्चारमाध्यममा बताइसकेका छन् । ढकालले सभापति लामिछानेको पनि चर्को आलोचना गर्दै पार्टी सुधारको विकल्प दिँदा आफूमाथि राजनीतिक षड्यन्त्र भएको गुनासो गरेका छन् ।

उनले उक्त प्रतिवेदन गत साता बुधबार पार्टी सभापति लामिछानेलाई बुझाएका थिए । उनले उक्त प्रतिवेदनमा दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै बिजोग अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका थिए । त्यहीकारण अहिले उनलाई नै आपत् आइलागेको छ ।

उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताएका थिए ।

‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ’, उनले भनेका थिए, ‘जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’

रास्वपाले पछिल्लो सयम ‘मिसन—०८४’ अभियान चलाइरहेको छ । रास्वपाका केही नेताले पार्टी २०८४ मा पहिलो बन्ने बताइरहेका छन् । तर उता महामन्त्री ढकालले भने सभापति लामिछाने र रास्वपा दुवैको जनमत निरन्तर ओरालो लागेको देखेको प्रतिवेदनमा लेखेका छन् ।

गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी रास्वपा हारेको थियो । त्यसपछि रास्वपाले नेताहरूलाई देशब्यापी अभियानमा होमेको थियो । रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएपछि ढकाल देश यात्रामा होमिएका थिए ।

उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएको प्रतिवेदन बाहिरिएको हो । उनले २०८४ मा पहिलो दल बन्ने नभई रास्वपा विघटनतिर जान सक्ने चेतावनी पनि दिएका थिए ।

महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ५०० सर्वसाधारणसँग कुराकानी गरेको जनाएका थिए । त्यसक्रममा ८० किलोमिटर पैदल यात्रा गरेको उनले बताएका छन् । उनले यो यात्रका क्रममा ४ हजार २१६ किलोमिटर गाडीबाट गुडेको बताएका छन् ।

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेका थिए ।

प्रतिवेदन

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ४ : ४८ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा