जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो, कागजात उपलब्ध गराउन माग | Khabarhub Khabarhub

जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो, कागजात उपलब्ध गराउन माग


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको ए३२० जहाजको मर्मतको लागि इजरायल पठाएको र ए३३० जहाजको थ्रीसी चेकको इटाली पठाएको विषयमा छानबिन गर्न समिति बनाएको छ ।

मन्त्रालयले असार १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।

छानबिनका लागि समितिले निगमलाई पत्र काटेर दुवै जहाजको इन्जिन मर्मत सम्भार गर्न पठाएको सम्बन्धित कागजात माग गरेको छ ।

समितिले मन्त्रीस्तरीय निर्णयअनुसार आवश्यक छानबिन गरेर १५ दिनभित्र पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ४६ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी