कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

 कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रिता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध  गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको हो ।

सोही नगरपालिकाको वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने अख्तियारमा परेको उजुरीको आधारमा अनुसन्धान हुँदा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई/दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले मेयर अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पन्चानब्बे पैसा  कायम गरी कैद र बिगो बमोजिम जरिबानाको माग दाबी गरेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र इन्जिनियर राजेश कुमार साहविरुद्ध पनि त्यही नै कैद र बिगो बमोजिमको जरिवाना माग दाबी लिइएको छ ।

यस्तै बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध समेत बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पैसा पन्चानब्बे बिगो माग दाबी गरेर मुद्दा दायर भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

यस्तै उपप्रमुख रिता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलमको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजाय हुन माग दाबी गरिएको छ । मुद्दा चलेसँगै मेयर र उपमेयर स्वतः निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ५९ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ