दुई महिनामै संकटमा मुख्यमन्त्री सोडारी, एमालेले फिर्ता लियो समर्थन | Khabarhub Khabarhub

दुई महिनामै संकटमा मुख्यमन्त्री सोडारी, एमालेले फिर्ता लियो समर्थन


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार दुई महिनामै संकटमा परेको छ ।

सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेले बाहिरिने निर्णय लिएपछि सोडारी संकटमा परेका हुन् ।

एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बिहीबार गरिसकेको छ ।

समर्थन फिर्ताको निर्णयसँगै अहिले एमालेका मन्त्रीहरू राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी पुगिसकेका छन् ।

तर मुख्यमन्त्री सोडारी अहिले प्रदेश राजधानी धनगढीमा छैनन् । उनी काठमाडौंमा जारी एकीकृत समाजवादीको महाधिवेशनमा भाग लिइरहेका छन् ।

सोडारी अनुपस्थित भएपछि राजीनामा र समर्थन फिर्ताको पत्र मुख्यमन्त्रीको कार्यालयमा दर्ता गर्न लागिएको एमाले दलका नेता राजेन्द्रसिंह रावलले बताए ।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार दुई महिना नपुग्दै अल्पमतमा परेको छ ।

सोडारी गत वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  एकीकृत समाजवादी संसदीय दलका नेता उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सोडारीलाई २०८० फागुन २१ गते बनेको सङ्घीय सरकारको समीकरणमा भएका एमालेका १०, नेकपा (माओवादी केन्द्र)का  १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई र स्वतन्त्र एकसहित २७ जनाको समर्थन थियो । तर एमालेका १० जना सांसदको समर्थन फिर्ता भएपछि सोडारीको सत्ता ढल्ने निश्चित भएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : १७ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय