राष्ट्रपति सीद्वारा बाह्य हस्तक्षेपको प्रतिरोध गर्न विश्वका नेतालाई सुझाव « Khabarhub

राष्ट्रपति सीद्वारा बाह्य हस्तक्षेपको प्रतिरोध गर्न विश्वका नेतालाई सुझाव


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिङपिङले बिहीबार कजाखस्तानको राजधानी अस्तानामा भएको मध्य एसिया शिखर सम्मेलनमा नेताहरूलाई बाह्य हस्तक्षेपको प्रतिरोध गर्न सुझाव दिएको राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

‘हामीले बाह्य हस्तक्षेपको प्रतिरोध गर्न, एक अर्कालाई दृढतापूर्वक समर्थन गर्न, एक अर्काको ख्याल राख्न र हाम्रो देशको भविष्य र क्षेत्रीय शान्ति र विकासलाई दृढतापूर्वक नियन्त्रण गर्न हातेमालो गर्नु आवश्यक छ,’ सीले साङ्घाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) को बैठकमा भने ।

मस्कोदेखि बेइजिङसम्म विशाल क्षेत्रलाई समेट्ने एससीओमा विश्वको लगभग आधा जनसङ्ख्या समावेश रहेको छ र यसको १० औँ सदस्यको रूपमा बिहीबार बेलारुसलाई स्वागत गरिएको छ ।

यस वर्षको आयोजक कजाकिस्तान, भारत, चीन, किर्गिजस्तान, पाकिस्तान, रसिया, ताजिकिस्तान, उज्बेकिस्तान र गत वर्षको आयोजक इरान यसका अन्य नौ स्थायी सदस्य हुन् ।

‘एससीओ निष्पक्षता र न्यायको पक्षमा खडा हुनु विश्वका लागि अत्यन्त महत्त्वपूर्ण छ,’ राष्ट्रपति सीले बताए ।

सीले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्नुभएको थियो । छलफलका क्रममा राष्ट्रपति पुटिनले  सीलाई साङ्घाई गठबन्धनले ‘निष्पक्ष बहु ध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’का रूपमा आफ्नो भूमिकालाई मजबुत बनाइरहेको बताए  ।

एससीओको मुख्य उद्देश्य सदस्य राष्ट्रहरिहरूबीच आर्थिक सम्बन्ध सुधार गर्ने र मध्य एसियामार्फत चीन र युरोपलाई जोड्ने विशाल परियोजनाहरूको विकास गर्नु हो ।

‘हामीले विकासको अधिकारको रक्षा गर्नुपर्छ, समावेशीकरणको पालना गर्नुपर्छ, संयुक्त रूपमा प्राविधिक आविष्कारलाई बढवा दिनुपर्छ, औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता र सहजता कायम राख्नुपर्छ, क्षेत्रीय अर्थव्यवस्थाको अन्तर्निहित शक्तिलाई प्रोत्साहित गर्नुपर्छ, र साझा विकासका लक्ष्य प्राप्तिलाई बढवा दिनुपर्छ,’ सीले बिहीबार नेताहरूलाई भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : ४३ बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो