झलनाथलाई रामकुमारीको प्रश्न- महाधिवेशन प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो ? | Khabarhub Khabarhub

झलनाथलाई रामकुमारीको प्रश्न- महाधिवेशन प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो ?


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री जारी दशौँ महाधिवेशनमा अध्यक्षमण्डलको भूमिकालाई लिएर प्रश्न उठाएकी छन् ।

अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य छान्नै बाँकी रहेको अवस्थामा अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन प्रतिनिधिलाई घर जान भनेको कुरालाई लिएर उनले आक्रोश पोखेकी हुन् ।

रामकुमारीले अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत गर्न आफूले पनि प्रयास गरेको बताएकी छन् ।

‘तर, अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍यौँ भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो?’, उनले खनाललाई सोधेकी छन्, ‘को पदाधिकारी, को सदस्य खोई त खनाल कमरेड?’

झाँक्रीले हलबाट सम्मानित नेता खनालले सबै प्रतिनिधिहरूलाई आजै बेलुका घर गएर भोलि बिहान खाना खान आउन भनेका थिए । त्यसकै विरोधमा रामकुमारीले आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् ।

उता खनालले रामकुमारीको भनाइबारे छोटो प्रतिक्रिया दिएका छन् । ‘मैले रामकुमारीजीलाई नेता बनाउन सकेको रहेनछु। महाधिवेशन प्रतिनिधिहरुलाई घर जानु भनेको होइन, आज कोठामा गएर बस्नु र भोलि खाना खाने गरी आउनु भनेको हुँ’, खनालले महाधिवेशनस्थल प्रज्ञा भवनमा भने ।

रामकुमारीले गलत अर्थ लाग्नेगरी अभिव्यक्ति दिएपछि आफूलाई दुःख लागेको उनले बताए । ‘मैले नेता नै बनाउन नसकेको रहेछु’, उनले निराश हुँदै भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : ५० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास