छनोटमा परेका श्रमिकको खातामै ज्याला « Khabarhub

छनोटमा परेका श्रमिकको खातामै ज्याला


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको सोरुगाउँपालिकाले पालिका र वडाबाट सञ्चालन हुने विकास योजनाका लागि आर्थिक वर्षको सुरुआतमै श्रमिक छनोट गर्ने भएको छ ।

गरिब तथा विपन्न परिवारबाट श्रमिक छनोटगरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको छ । सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजङ्ग शाहीका अनुसार आगामी आर्थिक वर्षबाट पालिकाबाट सम्पन्न हुने सबै योजनामा खटिने श्रमिक वडावडामा छनोट हुनेछन् ।

छनोट भएका श्रमिकले मात्र पालिकाभित्रका योजनामा काम गर्न पाउनेछन् । त्यस्ता श्रमिकको पारिश्रमिक पालिकाले सिधै श्रमिककै खातामा जम्मा गरिदिने उपाध्यक्ष शाहीले बताए ।

काम गर्ने तर भुक्तानी उपभोक्ता समतिको खातामा जाँदा गरिब तथा विपन्न श्रमिकले ज्याला नपाउने घटना धेरै भएकाले पालिकाले प्रशासनिक खर्च, निर्माण सामग्रीबाहेकका श्रमिकहरुको ज्याला उनीहरुको कामका आधारमा सिधै श्रमिककै बैंक खातामा पठाउने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार श्रमको सम्मानस्वरुप यसअघिदेखि सोरु गाउँपालिकाले श्रमिकको व्यक्तिगत बैंक खातामार्फत भुक्तानी दिँदै आएको छ । हालसम्म पालिकाभरिका दुई हजार श्रमिकको बैंक खातामार्फत ज्याला भुक्तानी लिइसकेका छन् ।

विगतमा सञ्चालित योजना पारदर्शी, गुणस्तरीय नभएको, डिजाइन अनुमान लागतअनुसार काम नगरिएको र कामदारले ज्याला नपाएकोजस्ता समस्याले अख्तियार दुरुपयोग अनुसन्धानमा धेरै मुद्दा परेका थिए ।

स्थानीय तहमा सञ्चालन हुने यस्ता अभियानले मुलुकमा विद्यमान बेरोजगारी र गरिबीको समस्या सम्बोधन गर्ने र सरकारले लिएको दिगो आर्थिक विकास हासिलको लक्ष्यप्राप्ति हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : १८ बजे

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले