रास्वपाले आफ्नो वेवसाइटबाट हटायो मुकुल ढकालको नाम | Khabarhub Khabarhub

रास्वपाले आफ्नो वेवसाइटबाट हटायो मुकुल ढकालको नाम


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेवसाइटबाट हटाएको छ । बिहीबार बिहानसम्म ढकालको नाम रास्वपाको वेवसाइटमा देख्न सकिन्थ्यो । तर अहिले उनको नाम देखिँदैन ।

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरेको थियाे ।

ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।

ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन् ।

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्। उनले तयार पारेको प्रतिवेदन पार्टीले सार्वजनिक गर्न नमानेपछि उनले सभापतिप्रति आक्रोश व्यक्त गरेका हुन् । यसले रास्वपामा खैलाबैला भएको छ । पार्टीमा महामन्त्री एकातर्फ हुँदा सभापतिसहित अन्य सबै केन्द्रीय सदस्य एकातर्फ छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ९ : २६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’