पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज « Khabarhub

पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आइतबार हुँदैछ। पहिलो रोचक खेल बराबरीमा टुंगिएपछि दोस्रो खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। यो खेल आइतबार दिउँसो २:४५ बजे कोलम्बुमा सुरु हुँदैछ। शुक्रबार सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको थियो।

पहिलो खेलमा भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए। त्यस्तै अक्षर पटेलले ३३, केएल राहुल ३१, शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए। भारतलाई सस्तैमा समेट्न श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन-तीन विकेट लिए।

टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो। श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरेका थिए। पाथुम निसान्काले ५६ रन जोड्दा वानिन्दु हसरंगाले २४ रन जोडेका थिए। बलिङतर्फ भारत अक्षर पटेल र आर्शदीप सिंहले दुईदुई विकेट हात पारेका थिए।

यसअघि भारतसँगको टी-२० सिरिज गुमाएको श्रीलंका घरेलु मैदानमा एक दिवसीय सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। सिरिज उचाल्न बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा भारत र श्रीलंका छन्। टी-२० विश्वकप जितेको भारत त्यसपछिको पहिलो एकदिवसीय सिरिजका लागि श्रीलंका गएको हो। यो सिरिजलाई कप्तान रोहित शर्माको अग्निपरीक्षाका रुपमा प्रमुख प्रशिक्षक गौतम गम्भीरले लिएका छन्।

विश्वकपपछि जिम्माबावे र श्रीलंकाविरुद्धको टी-२० सिरिज भने भारतले उचालिसकेको छ। जिम्बावेविरुद्धको सिरिजमा भारतीय टोली सुभमन गिलको कप्तानीमा गएको थियो भने श्रीलंकाविरुद्ध सूर्यकुमार यादवको कप्तानीको टोलीले सिरिज उचालेको हो। भारतका प्रमुख प्रशिक्षक गम्भीरले रोहित शर्माको कप्तानीमा एक दिवसीय र सूर्यकुमार यादवको कप्तानीमा टी-२० टिम बनाएका हुन्।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै