कमलबहादुर शाह फेरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने « Khabarhub

कमलबहादुर शाह फेरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । शाहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) मिलेर सुदूरपश्चिममा कांग्रेसका शाहको नेतृत्वमा सरकार गठनको तयारी भएको छ ।

प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आज साँझसम्मको समय दिएका छन् ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा कांग्रेसको १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ३३ बजे

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

एजेन्सी– बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको

क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि  बिक्री वितरणमा रोक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको

सुदूरपश्चिमविरुद्ध लुम्बिनीने गुमायो पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने

धनगढी– तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली