मर्दीको आधार शिविरमा मानव अवशेष भेटियो, सात महिनाअघि त्यहीँ हराएका थिए स्वीडेनका युवा « Khabarhub

मर्दीको आधार शिविरमा मानव अवशेष भेटियो, सात महिनाअघि त्यहीँ हराएका थिए स्वीडेनका युवा


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा-कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आधार शिविरमा एउटा मानव अवशेष भेटिएको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षत्रीका अनुसार स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएकोबारे शनिबार जानकारी दिएका थिए ।

क्षत्रीका अनुसार कपडासँगै मानव अस्थिपञ्जर भेटिएको छ । ‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । विकट स्थान भएकाले ल्याउने उपायबारे प्रहरी र गाउँपालिकासँग सल्लाह गर्दैछौँ’ वडाध्यक्ष क्षत्रीले भने ।

ती पर्यटकको अवशेषसँगै एउटा आईफोन, च्यातिएको अवस्थामा कपडाहरू, स्लिपिङ ब्याग लगायत सामग्री भेटिएका छन् ।

भेटिएको अवशेष २०८० पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशंका छ ।
पदमार्गको माथिल्लो क्याम्पबाट मर्दी आधार शिविरतर्फ जाने क्रममा हराएका मिचलको खोजी गरिएको थियो। तर त्यसेबला खोजी गरिए पनि उी भेटिएका थिएनन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै