सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोहोरिए कमल शाह, प्रदेश प्रमुखकहाँ दाबी पेस « Khabarhub

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोहोरिए कमल शाह, प्रदेश प्रमुखकहाँ दाबी पेस


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई दोहोर्‍याउने निर्णय गरेको थियो ।

त्यसलगत्तै शाहले नयाँ मुख्यमन्त्रीका लागि नजिर मियासमक्ष सरकार निर्माणका लागि बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घराज सोडारीले शुक्रबार संसद्लाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) मिलेर सुदूरपश्चिममा कांग्रेसका शाहको नेतृत्वमा सरकार गठनको तयारी भएको छ ।

प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आज साँझसम्मको समय दिएका थिए । तर दलहरूले अहिले नै सरकारमा दाबी गरेका हुन्।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा कांग्रेसको १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्