शिक्षामन्त्रीको तर्क- शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ « Khabarhub

शिक्षामन्त्रीको तर्क- शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगा‍औँ


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

पोखरा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाएर शैक्षिक गुणस्तर बढाउन नसकिने बताएकी छन् ।

आइतबार कास्कीमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, दलका झोले भन्नेलगायत गतिविधि रोकिनुपर्ने बताएकी छन् ।

शिक्षकहरुलाई लाञ्छना लगाउनेभन्दा कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ योजना बनाउनुपर्ने उनको तर्क छ।

भट्टराईले शिक्षा ऐन विचाराधीन रहेको बताउँदै यो पारित भएपछि अहिलेका सबै समस्या विस्तारै समाधान हुँदै जाने जानकारी दिइन्।

‘शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, यी झोले हुन् भन्ने, तिनीहरू बेठीक हुन् भन्ने, तर तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराबाट हामीले आज खोजिरेहको गुणस्तरीयता पाउँदैनौँ’, उनले भने, ‘उहाँहरूलाई विद्यालयमा नियमित जानुपर्छ, काम गर्नुपर्छ, पढाउनुपर्ने कुरामा कसरी समर्पित गराउने कुरा महत्वपूर्ण हो । विद्यालय शिक्षा ऐन आइसकेपछि प्रभावकारी ढङ्गले लागू गर्न सक्दा यी कुरा हल हुँदै जान्छन् ।’

भट्टराईले पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठतर्फ लक्षित गर्दै लोकप्रियतावादी विचारले मात्रै समाजको नेतृत्व गर्न नसकिने बताइन् ।

आजको ब्यवहारिक कुरालाई अवमूल्यान गरेर सही ठाउँमा पुग्न नसकिने उनको तर्क छ।

मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तर कायम गर्दै गएर विश्वास आर्जन गर्न सकेमा विद्यार्थी पलायन रोक्न सकिने बताइन् । उनले पढिसकेका विद्यार्थीलाई रोजगारी दिनेगरी सरकारले योजना निर्माण थाल्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १ : १२ बजे

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की