तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो « Khabarhub

तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।  उनले हालसम्म सात हजार छ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जानकारी दिए ।

सिँचाइ सुविधा पुगेका अधिकांश ठाउँमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नपुगेका केही ठाउँमा रोपाइँ हुन बाँकी रहेको उनको भनाइ छ । आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा भने रोपाइँ हुन केही समय लाग्ने उनले उल्लेख गरे।

परियारले भने, ‘आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा रोपाइँ ढिला हुन्छ । कुलो र नहरबाट पानीको व्यवस्था भएका ठाउँमा रोपाइँमा सहजता हुन्छ ।’

केन्द्रका अनुसार जिल्लाका करिब आठ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।  तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।

गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन बर्खे र सात हजार नौ सय ३८ मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।

जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् ।

तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । यस्तै ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ ।

झन्डै १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोग्य जमिन बाँझो छ ।  छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिँचाइको सुविधा पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १ : ३० बजे

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट